बेजिङ ।शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । यसले देशका विभिन्न उद्योगहरूमा जेनेरेटिभ एआई–सञ्चालित स्तरवृद्धिहरूको व्यापक रूपमा अपनाइने कुरालाई प्रकाश पारेको थियो ।
चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआईसी) द्वारा जारी जेनेरेटिभ एआई को विकास सम्बन्धी प्रतिवेदनअनुसार चीनले यस क्षेत्रमा चार हजार ५ सयभन्दा बढी सम्बन्धित कम्पनीहरूसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ ।
हाल चीनमा छ सय अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ देशको जेनेरिक एआई उद्योग फस्टाउँदैछ ।
यहाँ जुलाई सन् २०२४ सम्ममा १९० भन्दा बढी जेनेरेटिभ एआई मोडेलहरू दर्ता भएका थिए । यसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्पहरू र अनुकूल अनुभवहरू प्रदान गर्दछ ।
जुलाई सन् २०२४ मा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको प्रमुख सुधार प्रस्तावले पनि देशले जेनेरिक एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्