Skip to content
Prabhu

इरानद्वारा इजरायलमाथि आक्रमण, ठूलो संख्यामा ड्रोन र मिसाइल प्रहार

एजेन्सी । इरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ । इरानले ठूलो संख्यामा इजरायलमाथि ड्रोन तथा मिसाइल प्रहार गरेको छ । सिरियामा उसको वाणिज्य दूतावासमाथि आक्रमणपछि जवाफी कारबाही गरिएको इरानले जनाएको छ ।
इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्र्स (आइआरजीसी)ले खास लक्ष्यलाई निशाना बनाउने उद्देश्यले आक्रमण गरिएको जनाएको छ । साथै इजरायली सेनाको स्रोतका अनुसार एक सयभन्दा बढी ड्रोन छाडिएको छ । बीसीएस न्यूजका अनुसार अमेरिकाले पनि  केही ड्रोन प्रहार गरिसकेको छ ।
इजरायली डिफेन्स फोर्सका अनुसार जहाँ पनि जरुरी छ त्यस्ता स्थानमा खतरालाई रोकिएको छ । इजरायली प्रधानमन्त्रीले वार क्याबिनेटको बैठक बोलाएका छन् । आक्रमणपछि इजरायलमा जताततै साइरन सुनिएको छ । जेरुसलममा धेरै मात्रामा यस्तो आवाज गुञ्जिएको छ ।
यद्यपि इजयारलमा अहिलेसम्म कुनै ड्रोन पुग्यो वा पुगेको छैन भन्ने यकिन भने छैन । इरान इजरायलदेखि एक हजार आठ सय मिटरको दूरीमा छ । साथै अमेरिकाले पनि उसले ड्रोन कहाँ खसालेको छ भन्ने बताएको छैन ।
इरजायल, लेबनान तथा इराकले आफ्नो एयरस्पेस पनि बन्द गरिसकेका छन् । साथै सिरिया र जोर्डनले पनि एयर डिफेन्स सिस्टमलाई अलर्टमा राखेका छन् । अप्रिलल १ मा सिरियामा वाणिज्य दूतावासमाथि आक्रमणपछि इरानले बदला लिने बताएको थियो । उक्त आक्रमणमा एक उच्च कमाण्डर समेत सान सैन्य अधिकारीहरुको मृत्यु भएको थियो ।
इरानले यस आक्रमणलाई इजरायललाई जिम्मेवार ठहराएको छ । तर इजरायलले भने अस्वीकार गरेको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal