एजेन्सी । विश्व चर्चित पप गायिका टेलर स्वीफ्टलाई डलर अर्बपति बनाउने विश्व टुर आगामी साता पूरा हुँदैछ । तर यस टुरले विश्वको अर्थतन्त्रलाई यसअघि नै प्रभाव पारिसकेको छ ।
पप सुपरस्टारले आफ्नो ‘द इरास टुर’ अन्तर्गतको अन्तिम कन्सर्ट ब्रिटिस कोलम्बियाको भान्कोउभर रंगशालामा आगामी आइतबार राति गर्नेछिन् । उनले यस टुरअन्तर्गत विश्वका ५२ वटा देशका १५२ स्थानमा कन्सर्ट गरिसकेकी छन् । र, उनको यो टुर विश्वको सबैभन्दा बढी रकम आम्दानी गर्ने टुर बनेको छ । हालसम्म यस टुरले २.२ अर्ब डलर आम्दानी गरिसकेको छ ।
अमेरिकामा उनको यो कन्सर्ट हेर्ने जानेहरुले फूटबल प्रेमीहरुभन्दा बढी खर्च गरेका छन् । उनीहरुले औषतमा प्रतिव्यक्ति १३०० डलर खर्च गरेका छन् । उनीहरुले यो रकम यात्रा, होटm खानालगायतमा खर्च गरेको अमेरिकाको ट्राभल एसोसिएसनले जनाएको छ ।
सर्वेक्षण कम्पनी क्वेश्चन प्रोका अनुसार स्वीटका प्रसंशकहरुले अमेरिकामा मात्रै पाँच अर्ब डलरभन्दा बढी खर्च गरेका थिए । र, यो उनीहरुको प्रत्यक्ष खर्च थियो । एक अनुमान अनुसार उनीहरुले प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १० अर्ब डलरभन्दा बढी खर्च गरेका थिए ।
स्वीफ्टोनोमिक्सले कोरोना महामारीपछिको अर्थतन्त्र चलायमान बनाउन निकै ठूलो भूमिका खेलेको विश्लेषकहरु बताउँछन् । ट्राभल क्षेत्रका विश्लेषक हस्पिटालिटी फेनोमेननका अनुसार टेलर स्वीफ्ट इफेक्टका कारण विश्वको अर्थतन्त्र चलायमान बनेको हो ।
कन्सर्ट हुने शहरका केन्द्रमा अधिक भीडभाड र होटलको उच्च अकुपेन्सी दरले पर्यटन उद्योगलाई पुनःजीवित ग¥यो । स्विफ्टका प्रशंसकहरूले धेरै शो भएका शहरहरूमा आफ्नो बसाइ लम्ब्याउँदा स्थानीय राजस्वमा थप वृद्धि भयो ।
क्यालिफोर्निया सेन्टर फर जोब्स एण्ड द इकनमीको रिपोर्ट अनुसार विभिन्न सहरका कन्सर्टहरुले महामारीबाट प्रभावित स्थानीय पर्यटन उद्योग र सहरका केन्द्रहरूलाई प्रमुख रूपमा पुनर्जीवित ग¥यो ।
पिट्सबर्ग, जहाँ दुई कन्सर्ट भए, महामारीपछिको होटलमा सबैभन्दा धेरै अकुपेन्सी त्यही समयमा आयो । जहाँका होटलमा इतिहासमै दोस्रो उच्च अकुपेन्सी देखिएको थियो । स्वीफ्टको टुरले होटलको औसत दैनिक लागत ३०९ डलर पु¥यायो । शहरले उपस्थित दर्शकहरूबाट ४६ मिलियन डलर प्रत्यक्ष खर्च आर्जन ग¥यो, जसमध्ये ८३ प्रतिशत एलगेनी काउन्टीभन्दा बाहिरबाट आएकाहरुले खर्च गरेका थिए ।
क्यालिफोर्निया सेन्टर फर जोब्स एण्ड द इकनमीका अनुमान अनुसार स्वीफ्टको छ दिने कन्सर्टले लस एन्जलसमा ३३ सय कामदारलाई रोजगार र १६० मिलियन डलर स्थानीय आम्दानी थप भएको थियो । कन्सर्टभन्दा अघि लस एन्जलस काउन्टीमा होटल रोजगारी महामारी पूर्वको उच्च स्तरभन्दा १५ प्रतिशतभन्दा कम थियो ।
लस एन्जलस काउन्टीले ३२० मिलियन डलरको फाइदा पाउने अपेक्षा गरिएको छ । जसमध्ये २० मिलियन डलरको बिक्री र स्थानीय करबाट र ९ मिलियन डलर होटल करबाट प्राप्त हुनेछ ।
इरास टुरले सवारी सेयरिङ कम्पनीका लागि पनि निकै फाइदा पुग्यो । स्विफ्टको कन्सर्ट भएका शहरहरूमा सवारी अर्डर औसत ८.२ प्रतिशतले बढेको थियो, र न्यू अर्लिन्समा ३१ प्रतिशतले वृद्धि भएको थियो ।
न्यू अर्लिन्स डाउनटाउन डेभलपमेन्ट डिस्टिक्टका अनुसार, कन्सर्ट हेर्न आएका ८०–९० प्रतिशत आगन्तुक थिए । ग्रेटर न्यू अर्लिन्स, इन्कका अनुसार, कन्सर्टको आर्थिक प्रभाव लगभग दुई सय मिलियन डलर रहेको छ । र, यो खर्च होटल, रेस्टुरेन्ट र अन्य खर्चभन्दा बाहेकको भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्