काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तालामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ४०० रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य १ लाख ५० जहार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य सोही दरमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्