Skip to content

सातामा १९ सयले बढ्यो सुनको भाउ, बैंकले आयात गरेको सुन बजारमा जान थालेपछि आपूर्ति सहज बन्दै

nabil bank

काठमाडौं । यो साता सुनको मूल्यमा १ हजार ९०० रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

यो साता दुई दिन सुनको मूल्य घट्यो भने १ दिन स्थिर र ३ दिन बढ्यो । पछिल्लो समय घट्दो अवस्थामा रहेको सुनको मूल्य यो साता भने केही बढेको छ । सुनको मूल्य एकैपटक घटेपछि बजारमा सुन अभाव नै हुन थालेको थियो ।

तर, अहिले बैंकहरुले आयात गरेको सुन धमाधम बजारमा जान थालेकाले सुनको आपूर्ति बढ्न थालेको छ । जसले गर्दा अब भने महासंघले तोकेका मूल्यभन्दा बढी तिर्नु पर्ने गरी भइरहेको कालोबजारी अन्त्य हुने व्यवसायीहरु बताउँछन् ।

यो साता चाँदीको भाउ भने घटेको छ । सातामा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो । गत साताको अन्तिम दिन प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको अन्तिम दिन शुक्रबार १ हजार ८६० रुपैयाँमा झरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime