Skip to content
Prabhu

मंसिरमा घरजग्गा कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि

nabil

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो कारोबार कात्तिकको तुलनामा २९.४३ प्रतिशतले बढी हो। कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको थियो। त्यसपछिका महिना भदौ, असोज र कात्तिकमा क्रमशः देशभर घरजग्गाको कारोबार घटेको थियो। साउनको तुलनामा भदौमा २५.१७ प्रतिशतले घरजग्गा कारोबार घटेको थियो।

भदौको तुलनामा विभागको तथ्यांक अनुसार असोजमा ६.९२ प्रतिशतले घरजग्गा कारोबार घटेको थियो। असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो।तर, असोजको तुलनामा कात्तिकमा भने कारोबार ९.७८ प्रतिशत बढेको थियो।

अघिल्लो वर्षको मंसिर महिनाको तुलनामा पनि यो वर्ष मंसिरमा ३.६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ। गत वर्ष मंसिरमा देशभर ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो। यो वर्ष मंसिरमा घरजग्गा कारोबारमा सुधार आएसँगै राजस्व पनि वृद्धि भएको छ। सरकारलाई घरजग्गा कारोबारबाट मंसिर महिनामा तीन अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको ररुचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष घिमिरेले बताउँछन्।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal