Skip to content

मंसिरमा घरजग्गाको कारोबारबाट करिब ४ अर्ब राजश्व संकलन

nabil bank

काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट संकलन हुने राजश्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ बराबरको राजश्व संकलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ बराबर संकलन भएको हो ।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व संकलन गरेको छ ।

काठमाडौं उपत्यकामा ९ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार चार सय २५ रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५ रुपैयाँ, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९ रुपैयाँ, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३ रुपैयाँ, टोखाले ७ करोड १२ लाख ४५ हजार सात सय ६५ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले रु १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९० रुपैयाँ, रजिष्टे«शन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रुपैयाँ बराबर संकलन गरेको छ । त्यस्तै, एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ रुपैयाँ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime