Skip to content

श्रीलंकाद्वारा विदेशी मुद्रा सञ्चिति १५ अर्ब अमेरिकी डलरमा पुर्याउने लक्ष्य

nabil bank

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलंका सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको बताएका छन् ।

दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको तलबमा कर छुटको सीमा एक लाख (करिब ३४५ अमेरिकी डलर) बाट बढाएर एक लाख ५० हजार (करिब ५१७ डलर) पुर्याउने सहमति भएको बताए।

उनले आईएमएफले सेवा निर्यातमा लाग्ने कर हालको ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा पुर्याउन सहमत भएको जानकारी दिए ।

उनले थपे, ‘सरकारले सन् २०२५ फागुन १ देखि व्यक्तिगत प्रयोजनका लागि सवारी साधन आयात गर्न दिने निर्णय गरेको छ । यात्रु बस र विशेष प्रयोजनका सवारीसाधनमाथिको आयात प्रतिबन्ध मङ्सिर १४ गतेअघि नै फुकुवा भइसकेको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi