Skip to content
Prabhu

क्रिसमसको मुखमा अमेजनका सात कर्मचारी हड्तालमा

nabil
एजेन्सी । क्रिसमस आउन केही दिन मात्र बाँकी रहँदा अमेरिकामा अमेजनका डेलिभरी म्यानहरुले चार राज्यमा आन्दोलनमा उत्रिएका छन् । तर कम्पनीले भने यो हड्तालले ग्राहकको डेलिभरीमा कुनै असर नपर्ने बताएको छ ।
टिमस्टर्सले राष्ट्रव्यापी रूपमा सात हजार अमेजन कामदारहरू हड्तालमा प्रतिनिधित्व गर्ने दाबी गर्छ । जुन कम्पनीमा कार्यरतहरुमध्ये एक प्रतिशत हो । अमेजनले भने ती कामदारहरूलाई आफ्नो कर्मचारी मान्न अस्वीकार गरिरहेको छ । यद्यपि उनीहरूले अमेजनको ज्याकेट लगाउँछन् । ती कर्मचारीहरुले अमेजनको भ्यान चलाउँछन्, र अमेजनका प्याकेज मात्र डेलिभर गर्छन्।
हड्तालका क्रममा स्कोकी केन्द्रमा टिमस्टर्सले हड्ताल गर्दै गरेको तस्वीरहरू सार्वजनिक भएका छन् । पहिलो हड्ताल बिहीबार बिहान ६ बजे क्विन्सस्थित केन्द्रबाट सुरु भएको थियो । त्यसपछि एक घण्टापछि शिकागोको उपनगर स्कोकीमा हड्तालमा सामेल भए । बिहान ९ बजे यसले अटलान्टा, सान फ्रान्सिस्को, भिक्टरभिल र सिटी अफ इन्डस्ट्री, क्यालिफोर्निया लगायतका स्थानमा विस्तार भएको थियो ।
यस हड्तालले कति लामो समयसम्म प्रभाव पार्ने भन्ने स्पष्ट छैन । छोटो अवधिका हड्तालहरू पछिल्ला वर्षहरूमा लोकप्रिय भइरहेका छन् । टिमस्टर्सले चाडपर्वको समयमा अधिकतम दबाब सिर्जना गर्न र ग्राहकलाई अन्तिम समयमा अमेजनबाट किनमेल नगर्नका लागि मनाउन हड्तालको समयलाई विशेष महत्व दिएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal