Skip to content

घोराही सिमेन्टले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

उक्त कम्पनीको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारणसभा बोलाएको छ। कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरापलिकाको भरतपुरमा अवस्थित होटल पौवामा साधारणसभा बोलाएको हो।

सो साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima