Skip to content

व्यापार घट्दै गएपछि घरजग्गा व्यवसायी भेषराज लोहनीले २८ करोडमा बेचे थापाथलीको कर्पोरेट अफिस

nabil bank

काठमाडौं । घट्दो व्यापारसँगै घरजग्गा व्यवसायी भेषराज लोहनीले आफ्नो कर्पोरेट कार्यालय बिक्री गरेका छन् । थापाथलीमा १ रोपनी जग्गामा निर्माण भएको पाँच तल्लाको घरजग्गा लोहनीले मञ्जुश्री फाइनान्सलाई बिक्री गरेका हुन् ।

मञ्जुश्री फाइनान्सले केन्द्रीय कार्यालय प्रयोजनको लागि थापाथलीमा सो घर किनेको हो । मञ्जुश्रीले १ रोपनीमा बनेको घर २८ करोड रुपैयाँमा खरिद गरेको हो । मञ्जुश्रीले आनाको १ करोड ६४ लाखको दरले थापाथलीको १ रोपनी जग्गा र त्यसमा बनेको घर पाएको हो ।

कारोबार अत्याधिक भएको बेला थापाथलीमा आनाको २ करोडसम्ममा जग्गाको कारोबार भएको थियो । यस आधारले २ वर्ष अगाडि बिक्री गर्ने मूल्यभन्दा अहिले लोहनीले घरजग्गा घटाएर दिएका छन् ।

मञ्जुश्री फाइनान्सले केही दिन अगाडि नेपाल स्टक एक्सचेञ्ज मार्फत सेयरधनीलाई घरजग्गा किनेको जानकारी गराएको छ ।

कर्पोरेट कार्यालय बिक्री गरेका नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले कोभिडपछि अगाडि बनाएका परियोजनाका लागि चाहिने कर्मचारी आउटसोर्सिङ गरेसँगै कार्यालय ठूलो भएको हुँदा अहिले भएको कर्पोरेट कार्यालय बेच्ने निर्णय गरेको जानकारी दिए ।

‘कोभिड अगाडिसम्म हामीसँग विभिन्न परियोजना सञ्चालनको लागि कर्मचारीहरु फुलटाइम काम गर्ने गरेका थिए,’ लोहनीले लगानीन्यूजसँग भने, ‘अहिले सञ्चालनमा रहेका परियोजनामा आउटसोर्सबाट स्टाफ लिइएको छ,त्यसको लागि यती ठूलो र प्राइम लोकेसनमा कार्यालय नचाहिने देखियो।’

पछिल्लो समय घरजग्गा व्यवसायमा निकै ठूलो समस्या आएको छ । जसले गर्दा स्थापित भएका र ठूला भनेका घरजग्गा व्यवसायीलाई नगद प्रवाहले समस्यामा परेको छ । पछिल्लो एकवर्षदेखि घट्दो क्रममा रहेको बैंकको ब्याजदरले सहज बनाएपनि त्यो अगाडि भने बैंकको बढ्दो ब्याजदर बिक्री नभएको घरजग्गा व्यवसायी समस्या पर्दै गएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime