Skip to content

स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै

nabil
global ime

धरान । उद्योग वाणिज्य संघ सुनसरीको आयोजनामा यही पुस २५ देखि आगामी माघ ५ गतेसम्म ‘धरान एक्स्पो’ हुन लागेको छ । स्थानीय उत्पादनलाई बिक्री वितरण र प्रवर्द्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिका–१६ रंगशालामा धरान एक्स्पो आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले भने, ‘स्थानीय निकायमा उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिनेछ ।’ स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकार र नेपाल उद्योग वाणिज्य संघको सहयोगमा आयोजना गरिने एक्स्पोमा एक सय ४२ वटा स्टल रहने उनले जानकारी दिए।

एक्स्पोमा धरानमा उत्पादित अर्ग्यानिक कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, रेडिमेड तथा कपडा, घरेलु सामानको स्टल रहने एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले बताए ।

दैनिक २० हजारले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको बताउँदै एक्स्पोमा १० करोड रुपैयाँबराबर कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘धरान एक्स्पो २०८१ मा स्थानीय उत्पादनसँगै मोरङ, झापा, धनकुटा, इलाम, तेह्रथुम, सङ्खुवासभालगायत पहाडी जिल्लाका सबै उत्पादनलाई प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिनेछ ।’

एक्स्पोमा धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत कोशी प्रदेशका सबै जिल्ला र छिमेकी मुलुक भारत, दार्जिलिङलगायत नजिकका सहरबाट अवलोकन तथा व्यापार, व्यवसायका लागि आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima