Skip to content
Prabhu

नेपालको वैदेशिक व्यापार : १४८ देशसँग व्यापार, ११९ सँग घाटा

nabil

काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक पाँच महिनाको अवधिमा १४८ देशसँग व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा नेपालले १४८ देशसँग व्यापार हुँदा ११९ देशसँग नेपालको व्यापार घाटा रहेको हो ।

नेपालको व्यापार २९ देशसँग मात्रै नाफामा रहेको विभागको तथ्यांकले देखाएको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा दुई छिमेकी मूलुका भारत र चीनसँग रहेको छ । यी दुई देशसँग नै नेपालको व्यापारको ठूलो हिस्सा रहेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा नेपाललाई भारतसँगको व्यापार घाटा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ रहेको छ । तथ्यांकअनुसार नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँको सामान आयात गर्दा ५२ अर्ब १ करोडको सामग्री निर्यात गरेको छ ।

त्यस्तै यो अवधिमा नेपालको चीनसँग १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ अर्ब ३७ करोड ७४ लाखको वस्तु तथा सेवा आयात गर्दा नेपालबाट १७ अर्ब ४५ करोड ८२ लाखको वस्तु निर्यात गरेको छ ।

त्यसैगरी नेपालको हङकङ, हंगेरी, ग्वाटेमाला, इस्टोनिया, फ्रान्स, लगायतका थुप्रै मुलुकसँगको व्यापार घाटामा रहेको छ । नेपाललाई दक्षिण एसियाली मुलुक अफगानिस्तानसँग भने फाइदा छ । पाँच महिनाको अवधिमा अफगानिस्तानबाट १ करोड २३ लाखको सामान आयात हुँदा ४० करोड ८१ लाखको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । अष्ट्रिया, डेनमार्क, जर्जिया, इरान, आइसल्यान्ड लगायतका मुलुकसँगको व्यापारमा नेपाललाई फाइदा भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal