एजेन्सी । वर्ष २०२४ मा कैयौँ विश्व प्रख्यात कम्पनीका लागि समय कठिन रह्यो । महँगी बढ्दै जाँदा उपभोक्ताहरूले आफ्नो मनोमौजी खर्च कटौती गरे । जसले गर्दा केही कम्पनीहरु टाटपल्टने अवस्थामा पुगे ।
च्यालेन्जर, ग्रे एण्ड क्रिसमस नामक आउटप्लेसमेन्ट सेवा प्रदायक कम्पनीका अनुसार विश्वका ठूला भनिएका कम्पनीमध्ये कम्तिमा १९ कम्पनी टाटपल्टिएका कारण १४ हजारको जागिर कटौती भएको छ ।
खासगरी, यस वर्ष खुद्रा व्यापार बन्द गरिएका पसलहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । सन् २०२१ र २०२२ मा उपभोक्ताहरूले फर्निचर, टेलिभिजन र कपडा जस्ता सामान खरिद गर्ने क्रम बढ्दा उत्पन्न भएको सकारात्मक प्रभाव समाप्त भएपछि यस क्षेत्रमा गिरावट आएको हो । अनुसन्धान संस्था कोरसाइटका अनुसार, नोभेम्बरको अन्त्यसम्म ७ हजार एक सयभन्दा बढी पसलहरू बन्द भएका छन् । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६९ प्रतिशतले बढी हो ।
तर, टाटपल्टिएको घोषणा गर्नु भनेको कम्पनी समाप्त हुँदैछ भन्ने होइन । कम्पनीहरूले प्रायः आफ्नो केही सञ्चारनहरु बन्द गर्न, बढ्दो ऋण व्यवस्थापन गर्न र लागत कटौती गर्नका लागि कटौती गर्छन् । कम्पनीहरुले आफूलाई बचाउन, फेरि नयाँ सुरुआत गर्नका लागि टाटपल्टिएको घोषणा गर्छन् ।
१) बिग लट्स
डिस्काउन्ट रिटेल चेन बिग लट्सले सेप्टेम्बर २०२४ मा आफू टाट पल्टिएको घोषणा ग¥यो । कम्पनीले पहिले नै चेतावनी दिएको थियो कि यसको वित्तीय अस्तित्व जोखिममा छ । बिग लट्सले एक निजी इक्विटी फर्मलाई आफूलाई बिक्री गर्ने योजना बनाएको थियो । तर यो सम्झौता असफल भयो । यसले ९६३ शाखा बन्द गर्ने घोषणा ग¥यो । जसले हजारौं कर्मचारीहरूको रोजगारी गुमायो ।
२) बोफ्लेक्स
घरमा फिटनेस उपकरण उत्पादन गर्ने कम्पनी बोफ्लेक्सले मार्च २०२४ मा टाट पल्टिएको घोषणा ग¥यो । यसको बिक्रीमा गिरावट आयो । विशेष गरी महामारीपछिको समय, मुख्य कारण बन्यो । पछि कम्पनीले आफ्नो सम्पत्ति ३७.५ मिलियन डलरमा एक ताइवान–आधारित कम्पनीलाई बिक्री ग¥यो ।
३) एक्सप्रेस
कपडा खुद्रा विक्रेता एक्सप्रेसले अप्रिल २०२४मा आफू टाट पल्टिएको घोषणा ग¥यो । कम्पनीले फेशन उद्योगमा परिवर्तन हुन नसक्ने कमजोरी देखायो । यसको लगानीकर्ताहरूले ग्राहकहरूको रुचिअनुसार उत्पादन परिवर्तन गर्ने प्रयास गरे पनि यो प्रभावकारी हुन सकेन । करीब एक सय स्टोर बन्द भए । र, जुन २०२४ मा डब्ल्युएचपी ग्लोबल नेतृत्वको समूहलाई बिक्री गरियो ।
४) जोन
कपडा र क्राफ्ट सामग्री बिक्री गर्ने यो ८१ वर्ष पुरानो कम्पनीले मार्च २०२४ मा दिवालिया घोषणा ग¥यो । महँगीले ग्राहकहरूलाई खर्च कटौती गर्न बाध्य बनायो । जसले कम्पनीको बिक्री घटायो । यसले आफ्नो स्टकलाई स्टक एक्सचेञ्जबाट डीलिस्ट गरेपछि निजी स्वामित्वमा जानु परेको थियो । तर, सबै ८५० स्टोरहरू खुला राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
५) एलएल फ्लोरिङ
अगस्ट २०२४ मा, घर र फर्श निर्माण सामग्रीको विक्रेता एलएल फ्लोरिङले टाटा पल्टिएको घोषणा ग¥यो । ग्राहकहरूले घर सुधार परियोजनामा खर्च घटाएपछि यस कम्पनीलाई गम्भीर वित्तीय समस्याहरू सामना गर्नु प¥यो। प्रारम्भिक रूपमा सबै ९४ स्टोरहरू बन्द गर्ने घोषणा गरिए पनि, एक निजी इक्विटी फर्मले कम्पनीलाई खरिद गरेपछि केही पुनःस्थापना गरियो ।
६) पार्टी सिटी
चार दशक पुरानो पार्टी सामग्री र सजावटको खुद्रा विक्रेता पार्टी सिटीले डिसेम्बर २०२४ मा आफू दोस्रो पटक टाटपल्टिएको घोषणा ग¥यो । ८०० मिलियन अमेरिकी डलरभन्दा बढी ऋणको दबाब र उत्पादन लागतमा बढोत्तरीले कम्पनीलाई थप समस्या दियो । पार्टी सिटीले ७०० भन्दा बढी स्टोरहरू बन्द गर्ने योजना बनाएको छ ।
७) रेड लोब्स्टर
मे २०२४ मा, सस्तो मूल्यमा समुद्री खाना उपलब्ध गराउने रेड लोब्स्टरले वित्तीय समस्यामा परेको घोषणा ग¥यो । कमजोर मार्केटिङ, खाना गुणस्तरमा गिरावट, र सेवा सुधारमा लगानीको अभाव कम्पनीका प्रमुख समस्याहरू थिए । एक सयभन्दा बढी शाखा बन्द गरेपछि, नयाँ मालिक र नेतृत्वको सहायतामा कम्पनी सेप्टेम्बरमा पुनःस्थापित गरियो ।
८) स्पिरिट एयरलाइन्स
स्पिरिट एयरलाइन्सले नोभेम्बर २०२४ मा आफू वित्तीय संकटमा फसेको घोषणा ग¥यो । कम भाडा शुल्कमा आधारित यो बजेट एयरलाइन्सले प्रतिस्पर्धा र बढ्दो ऋणलाई व्यवस्थापन गर्न नसकेको कारण यो अवस्थामा पुगेको हो। दिवालियापछि, ऋण पुनर्संरचना गर्दै कम्पनीले २०२५ को शुरुतिर पुनःस्थापना हुने योजना बनाएको छ।
९) स्टोली
स्टोली ग्रुप, यसको प्रख्यात भोड्का ब्रान्डका लागि परिचित, डिसेम्बर २०२४ मा आफू आर्थिक संकटमा फसेको बतायो । साइबर आक्रमण, स्पिरिट्सको माग घट्दै जानु, र रूससँगको कानुनी लडाइँ यसका मुख्य समस्याहरू थिए ।
१०) टीजीआई फ्राइडेज
अमेरिकन क्याजुअल डाइनिङ चेन टीजीआई फ्राइडेजले नोभेम्बर २०२४ मा दिवालिया घोषणा ग¥यो । यसको ग्राहक संख्या घट्नु र महामारीपछिको आर्थिक समस्या यसका मुख्य कारण थिए । कम्पनीले भविष्यमा सुधारका योजना अघि सारेको छ ।
११) ट्रु भ्यालु
७५ वर्ष पुरानो हार्डवेयर ब्रान्ड ट्रु भ्यालुले अक्टोबर २०२४ मा आफू समस्यामा परेको घोषणा ग¥यो । उपभोक्ताहरूले हार्डवेयरजस्ता वैकल्पिक वस्तुहरूमा खर्च कटौती गरेपछि कम्पनी गम्भीर आर्थिक संकटमा परेको थियो । यसको अधिकांश अपरेशन प्रतिस्पर्धी कम्पनीलाई बेचिएको छ।
१२) टपरवेयर
प्लास्टिक फूड कन्टेनरका लागि प्रख्यात टपरवेयरले सेप्टेम्बर २०२४ मा आफू टाट पल्टिएको घोषणा ग¥यो । यसको लोकप्रियता घट्दै गयो, र पुरानो व्यापार मोडेल परिवर्तन गर्न नसक्दा कम्पनी समस्यामा प¥यो । नोभेम्बर २०२४ मा एक निजी इक्विटी फर्मले यसको ब्रान्ड र सम्पत्तिलाई खरिद ग¥यो ।
प्रतिक्रिया दिनुहोस्