एजेन्सी । ब्राजिलमा चिनियाँ इलेक्ट्रिक वाहन बीवाईडीको कारखाना निर्माणमा बन्द गरिएको छ । त्यहाँका अधिकारीहरुले मजदुरहरुलाई ठूलो कष्ट भएको उल्लेख गर्दै कारखाना बन्द गराएको हो ।
ब्राजिलको उत्तरपूर्वी राज्य बाहीआमा १६० भन्दा बढी मजदुरहरूको उद्धार गरिएको सार्वजनिक श्रम अभियोजक कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । श्रमिकहरुलाई निकै खराब अवस्थामा राखिएको र एउटा निर्माण कम्पनीले उनीहरूको पासपोर्ट र तलब रोक्का गरेको आरोप लागेको छ ।
बीवाईडीले भने सम्बन्धित कम्पनीसँगको सम्झौता रद्द गरेको र ब्राजिलको कानून मान्न आफू तयार भएको बताएको छ । ती कम्पनीहरुले श्रम कानुनको विपरीत श्रमिकलाई काम लगाएको आरोप लागेको छ । यो कारखाना मार्च २०२५ सम्म सञ्चालनमा ल्याउने योजनाका साथ सुरु भएको थियो । जुन कारखाना एसियाभन्दा बाहिरको पहिलो कारखाना बन्दै थियो।
मजदुरहरूलाई जिनजियाङ कन्स्ट्रक्सन ब्राजिलद्वारा भर्ती गरिएको थियो र उनीहरू कमाओरी शहरमा बस्न दिइएको थियो । त्यो सुविधामध्ये एउटा स्थानमा, मजदुरहरूले गद्दा बिना पलंगमा सुत्न बाध्य भएको आरोप लागेको छ ।
प्रत्येक शौचालय ३१ मजदुरहरूले साझा रुपमा प्रयोग गर्दथे । जसका कारण उनीहरूलाई काममा तयार हुनका लागि अत्यधिक चाँडो उठ्न बाध्य पारिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्