Skip to content
Prabhu

अमेरिकी एयरलाइन्सको प्रणालीमा समस्या आएपछि एकैदिन ३३ उडान प्रभावित

nabil
एजेन्सी । अमेरिकी एयरलाइन्सको उडान प्रणालीमा समस्या आएपछि अमेरिकी एयरलाइन्सका सबै उडानहरू डिले भएका छन् । लामो समयसम्म उडान अवरुद्ध पछि स्थानीय समयअनुसार मंगलबार विहानदेखि भने उडान सुरु गर्न सफल भएको कम्पनीले जनाएको छ ।
अलाइड पाइलट्स एशोसिएसन, जसले अमेरिकी एयरलाइन्सका १६ हजार पाइलटहरूलाई प्रतिनिधित्व गर्दछ, उसका अनुसार अमेरिकी एयरलाइन्सको फ्लाइट अपरेशन्स सिस्टम मंगलबार बिहान छोटो समयका लागि बन्द भएको थियो । जसका कारण ढिलाइहरू भएको हो ।
फ्लाइट अपरेशन्स सिस्टम भनेको एयरलाइन्सको अपरेशन्स ह्यान्डल गर्ने प्रणाली हो ।जसले विमानलाई प्रस्थानका लागि छुट दिने काम गर्छ । जसमा यात्री बोर्डिङ पनि समावेश छ । अमेरिकी एयरलाइन्ससँग यस प्रकारको आपतकालीन अवस्थाको लागि ब्याकअप योजना भएको र पाइलट र क्रूले प्रणालीको असफलतासँग कसरी सामना गर्ने कुरा सिकेको जनाएको छ ।
उडान डिले हुने दिन अमेरिकी एयरलाइन्सले ३ हजार ३ सयभन्दा बढी घरेलु उडानहरू सञ्चालन गर्ने योजना बनाएको थियो । उक्त दिन ३७ प्रतिशत मात्रै यसको उडानहरू समयमै उडेको र ३६ प्रतिशत उडानहरू समयमै गन्तव्यमा पुगेको जनाइएको छ । अमेरिकी एयरलाइन्सका ९३ प्रतिशत उडानहरूले निर्धारित प्रस्थान समयको दुई घण्टाभित्र उडान भरेका थिए ।
फ्लाइटअवेयरको डाटाका अनुसार, अमेरिकी एयरलाइन्सको समस्याका कारण देशव्यापी २६ उडान रद्द भएका छन्। अमेरिका भित्र र बाहिर एक हजारभन्दा बढी उडानहरू ढिलाइ भएका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal