Skip to content

दक्षिण कोरियाको एयरपोर्टमै १८१ जना सवार जहाज दुर्घटना, २८ जनाको मृत्यु

nabil
global ime

काठमाडौ । दक्षिण कोरियाको विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज दुर्घटना भएको हो।

जहाज थाइल्याण्डको बैंककबाट आएको थियो। मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किन गई दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए।दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

अधिकारीहरूले ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताएका छन्। उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima