Skip to content

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

lj/;sf] /l;nf] lrof vf]6fª, !# k'; M u|fxssf nflu lrof tof/ kfg'{x'Fb} lbQm]n ?kfsf]6 dem'jfu9L gu/kflnsf–!# g'gynfsL lj/; tfdfª . lj=;+= @)%$ ;fnb]lv lrof k;n z'? ug'{ePsL lj/;n] dfl;s ? %) xhf/eGbf a9L art ub}{ cfpg'ePsf] 5 . g'gynfsf] lrof k;n] eg]/ klxrfg agfpg'ePsf] lj/;n] lrof a]r]/} 5f]/f5f]/LnfO{ :gftsf]Q/;Dd cWoog u/fpg'ePsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थाल्नुभएकी उनले अहिले खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत गर्दै आएकी छन् ।

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेनानजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० रुपैयाँमा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, ‘काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।’

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आएकी छन् । छाली र चिउरा प्रतिबटुका १ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् । एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकी छ भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेको छ । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दैआएकी हुन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्