Skip to content

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

nabil bank

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९० रुपैयाँ, गोलभेंडा सानो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकेजी ६० रुपैयाँ, आलु रातो प्रतिकेजी ५७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४६ रुपैयाँ, आलु सेतो प्रतिकेजी ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६८ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १५० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ४० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली तराई (प्रतिकेजी) ३० रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकेजी ४५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ७० रुपैयाँ, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी १४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ७० रुपैयाँ, स्कुस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङो प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकेजी १०० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, मेथी साग प्रतिकेजी १०० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ कन्य प्रतिकेजी १२० रुपैयाँ, च्याउ डल्ले प्रतिकेजी ३०० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६० रुपैयाँ, गान्टेमुला प्रतिकेजी ८० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, कागती प्रतिकेजी १३० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी १३० रुपैयाँ र एक केजी गुन्द्रुकको मूल्य ३०० रुपैयाँ तोकेको छ ।

यसैगरी, झोले स्याउ प्रतिकेजी २६० रुपैयाँ, फुजी स्याउ प्रतिकेजी रु ३०० रुपैयाँ, केरा प्रतिदर्जन १७० रुपैयाँ निर्धारण गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi