काठमाडौ । युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडीओ)को सभापतिमा सोनाम लामा चयन भएका छन् । अमेरिकामा बस्ने लामाको नेपालमा पनि होटल लगायतका क्षेत्रमा लगानी छ ।
यस्तै उपसभापतिमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महासचिवमा कुशल केसी, सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् । यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो ।
जसअनुसार आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको सम्मेलनले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने प्रतिबद्धता जनाएको छ । यूएनडीओ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।






प्रतिक्रिया दिनुहोस्