Skip to content

सुन्दरहरैँचामा २५ लाख खर्चेर मौरीपालन

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाले २५ लाख रुपैयाँ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ। प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो।

कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए। कार्यक्रममा २१ किसान परिवार सहभागी छन्।

सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ। मौरीपालनले महका साथै तोरी उत्पादनमा पनि मद्दत पुग्ने उनले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima