Skip to content

सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश दिने, वैशाख १२ गते साधारणसभा

काठमाडौं ।  सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। 

उक्त कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्तावलाई अब आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । सो कम्पनीले साधारणसभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । 

लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते होटल भिलासा, भैरहवा रुपेन्देहीमा साधारणसभा बोलाएको छ ।  सो कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि  चैत ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima