Skip to content
Prabhu

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर १६७ रुपैयाँ १७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७ रुपैयाँ ०९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९७ पैसा कायम छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal