Skip to content
Prabhu

इरान र इजरायलबीचको दुश्मिनी कति पुरानो ?

एजेन्सी । इरानले गत शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गर्यो । यस आक्रमणका कारण मध्यपूर्वमा तनाव बढ्दो छ । इरानको सरकारी मिडियाले इरानी रिभोल्युसनरी गार्डलाई उदृत गर्दै शनिबार राति हमला भएको पुष्टि गरेको छ । इरानी रिभोल्युसनरी गार्डले इरानको सशस्त्र सुरक्षा बलको एक शाखा हो ।
इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहूले आफ्नो पहिलो वार मन्त्रिपरिषद् बैठकमा यो आक्रमणको सामना गर्नका लागि रक्षात्मक प्रणाली तैनाथ गरिएको बताएका थिए । दमिस्कस्थित इरानी वाणिज्य दूताबासमाथि यही अप्रिल १ मा आक्रमण भएको थियो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमाण्डरको मृत्यु भएको थियो । त्यसपछि इरानले जवाफी कारबाहीको चेतावनी दिएको थियो । आक्रमणका लागि इरानले इजरायललाई जिम्मेवार ठहराएको छ ।
हालको समय इरानको सम्भावित प्रतिक्रियाको अपेक्षा बढेको छ । जब अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार ढिलै भए पनि इरानका तर्फबाट आक्रमण हुने घोषणा गरिसकेका थिए ।
खासमा यो पुरानो झगडाको नयाँ रुप मात्रै हो ।
इजरायल र इरानबीच कडा सत्रुता लामो समयदेखि चलिरहेको छ । यसका कारण भूराजनीतिक अवस्था घटबढ भइरहन्छ । यसैका कारण मध्यपूर्वमा अस्थिरता मुख्य स्रोत बनेको छ ।
इरानका लागि इजरायलसँग उसको अस्तित्वमा रहनका लागि कुनै पनि अधिकार नै छैन । इरानका शासक इजरायललाई सानो राक्षस नै मान्छन् । जो मध्यपूर्वमा अमेरिकाको सहयोगी हो । अमेरिकालाई उनीहर ठूलो राक्षस मान्छन् । इरानको चाहना अमेरिका र इजरायल यस क्षेत्रबाट गायब होउन् भन्ने छ ।
इजरायल इरानमाथि चरमपन्थी समूहलाई वित्त पोषण तथा आयातुल्लाको यहूदी विरोधी भावनाबाट प्रेरित भइ उनको हितविरद्ध आक्रमण गर्ने गरेको आरोप लगाउदै आएको छ । यी दुई देशबीचको दुस्मिनीका कारण ठूलो संख्यामा मानिसहरु मारिएका छन् । उनीहरु गोप्य कारबाहीमार्फत मानिसहरु मार्छन् तर कुनै पनि सरकारले त्यसको जिम्मेवारी भने लिँदैनन् ।
इजरायल र इरानको सम्बन्ध सन् १९७९ सम्म राम्रो थियो । त्यसै समय अयातुल्लाह खोमैनीको तथाकथित इस्लामी क्रान्तिले तेहरानमा सत्ता हासिल गरेको थियो । यद्यपि यसले प्यालेस्टाइनको विभाजनको योजनाको विरोध गरेको थियो । जसका कारण सन् १९४८ मा इजरायल राज्यको निर्माण भएको थियो । मिश्रपछि इरान इजरायललाई मान्यता दिने दोस्रो इस्लामिक देश थियो ।
उक्त समयमा इरान पहलवी वंशका शाही परिवारबाट शासित थियो । उनीहरु मध्यपूर्वमा अमेरिकाको मुख्य सहयोगीका रुपमा काम गरिरहेको थियो । यसै कारणले इजरायलका संस्थापक तथा उसको पहिलो सरकारका प्रमुख डेविड वेन गुरियनले आफ्नो अरब छिमेकीहरुद्वारा नयाँ यहूदी राज्यका प्रति इरानको मित्रता खोजी गरी हासिल गरेका थिए ।
तर सन् १९७९ मा अयातुल्लाह  खोमैनीको क्रान्तिले शाहलाई हटायो र एक इस्लामी गणतन्त्र लागू भयो । उनले आफूलाई पीडितको रक्षकका रुपमा पेस गरेका थिए । अमेरिका तथा उसको सहयोगी इजरायललाई साम्राज्यबादको अस्वीकार गर्नु उनको मुख्य पहिचान पनि थियो ।
अयातुल्लाहको सरकारले इजरायलसँगको सम्बन्ध तोडे । उनले उसको नागरिकको पासपोर्टको बैधानिकतालाई मान्यता दिनबाट अस्वीकार गरे । र, तेहरानमा इजरायली दूतावासलाई कब्जा गरी प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसनलाई जिम्मा लगाए । त्यहीसमय अलग्गै प्यालेस्टाइइन राज्यका लागि इजरायलका विरुद्ध लडाइको नेतृत्व पीएलएले गरिरहेको थियो ।
सो समयदेखि सुरु भएको दुई देशबीचको तनाव आजका दिनसम्म आइपुगेको हो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal