Skip to content

विद्यालयको नाम नेपालीमा नराखे भर्ना प्रक्रिया रोक्ने काठमाडौँ महानगरको चेतावनी

nabil
global ime

काठमाडौँ । काठमाडौँ महानगरपालिका, शिक्षा विभागले महानगरभित्र सञ्चालित विद्यालयलाई नेपालीपन झल्कने नाम नामकरण गर्न आग्रह गरेको छ । 

शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियमन १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था बमोजिम महानगरले उक्त  आग्रह गरेको हो  ।

महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम, यो व्यवस्थाको प्रतिकूल देखिएकाले त्यस्ता संस्थागत विद्यालयहरुले सूचना प्रकाशित भएको सात दिनभित्र विभागमा अनिवार्य सम्पर्क गर्न भनेको छ । 

महानगरले सात दिनभित्र सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ ।

विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवदेन दिन आग्रह गरिएको छ । अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली,२०५९ काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा  व्यवस्थापन नियमावली २०७४ तथा प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने महानगरको भनाइ छ । 


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima