Skip to content

असुरक्षाको कारण खुम्बुमा हेलिकप्टर उडानमा स्थगन गर्नुपर्यो : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले सुरक्षाको प्रत्याभूति नभएको भन्दै खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका तथा स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान÷अवचरणमा रोक लगाएको र असुरक्षा बढेको भन्दै संघले हेलिकप्टर उडान स्थगन गरिएको जनाएको हो ।

संघका प्रथम उपाध्यक्ष प्रतावजंग पाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘निकुञ्ज र पालिकाले २०२५ को जनावरी १ देखि उडानमा लगाएको प्रतिबन्धका विषयमा सम्बन्धित सरोकारवाल संघसंस्थासँग पटक–पटक वार्ता गर्दा पनि कुनै निक्र्यौलमा पुग्न नसकेको अवस्था छ ।

हाल खुम्बु क्षेत्रका हेलिप्याडहरुमा झण्डा गाडी अवरोध सिर्जना गरिएको कथमकदाचित आपत्कालीन अवतरण गर्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको, सदस्य वायुसेवा कम्पनीहरुका जहाजहरु अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समाति कारबाही गर्ने भन्ने जस्ता अभिव्यक्तिहरुले स्थानीय क्लब, युवा समूहलगायत सरोकारवाला निकायहरुले विभिन्न सञ्चार माध्यमहरुमा व्यक्त गर्ने जस्ता कार्य गरेको हुनाले हेलिकप्टरको सुरक्षालाई पूर्ण प्रत्याभूति नभएसम्मका लागि यो क्षेत्रका सम्पूर्ण उडानहरु २०८१ साल पुस २१ गतेदेखि स्थगन गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।’

सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मका लागि सबै वायुसेवा कम्पनीहरुले पनि त्यो क्षेत्रमा आफ्ना उडान स्थगन गरेको पनि विज्ञप्तिमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T