ढाका । बंगलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर सन् २०२४ को अन्त्यसम्ममा २१ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुसार डिसेम्बर ३१ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब ३५९ अर्ब डलर रहेको बंगलादेश बैंकले जनाएको छ ।
बंगलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि ६ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । यद्यपि विद्यमान सञ्चितिसँगै केन्द्रीय बैंकका अधिकारीहरूले बंगलादेशले झण्डै चार महिनाको आयात बिल तिर्न सक्ने अवस्थामा रहेको बताए ।
विदेशी मुद्राको प्रमुख श्रोत मध्येको एक मुलुकको रेमिट्यान्स जुलाई–डिसेम्बर अवधिमा कुल १३.७८ अर्ब डलर रहेको आधिकारिक तथ्यांकले देखाएको छ ।






प्रतिक्रिया दिनुहोस्