काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन घटेको सुन र अघिल्लो दिन स्थिर रहेको चाँदी आज हिजोकै मूल्यमा खरिद बिक्री भयरहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
त्यस्तै आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको खरिद बिक्री सोही मूल्यमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्