Skip to content

लिलामीमा करिब १८ करोड रुपैयाँमा बिक्री भयो ‘ब्लूफिन टुना’

nabil bank
एजेन्सी । जापाको राजधानी टोकियोको एक रेष्टरेन्टले एउटा ब्लूफिन टुनाका लागि १.३ मिलियन अमेरिकी डलर अर्थात् करिब १८ करोड रुपैयाँमा खरिद गरेको बताएका छन् । अन्तर्र्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार उक्त टुनाको तौल र आकार एउटा मोटरबाइक बराबर छ ।
यो बिक्री त्यहाँको माछा बजारमा लिलामीमा बिक्री भएको हो । जुन अहिलेसम्मकै दोस्रो उच्च मूल्य भएको बताइएको छ । अनोडेरा समूहले यस वर्षको पहिलो टुनाको लिलामीमा सबैभन्दा बढी मूल्य कबोल गरेको थियो । टुनाको तौल २७६ किलोग्राम रहेको जनाइएको छ ।
लिलामीपछि वर्षको पहिलो टुनालाई काटेर तयार पारिएको थियो । समाचारमा यस वर्षको सुरुआतमा टुना खाएर त्यहाँका स्थानीय नयाँ वर्ष मनाएका छन् । उक्त समूहले पाँच वर्षदेखि लगातार इचिबान टुना लिलामीमा उच्च मूल्य तिर्दै आएको छ ।
गत वर्ष उक्त समूहले टुनाको लिलामीमा ११४ मिलियन येन तिरेको थियो ।  सन् १९९९ देखि तुलनात्मक रेकर्डहरू सुरु भएयता सबैभन्दा महँगो लिलामी मूल्य २०१९ मा २७८ किलोग्रामको ब्लूफिन टुनाका लागि ३३३.६ मिलियन येन तिरिएको थियो ।
यो मूल्य स्वघोषित जापानी टुना किंग र सुशी रेष्टुरेन्ट मालिक कियोशी किमुराले तिरेका थिए । टोयोसु माछा बजार आफूलाई संसारको सबैभन्दा ठूलो माछा बजारको रूपमा दाबी गर्छ र बिहान सबेरै हुने दैनिक टुना लिलामीका लागि प्रख्यात छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime