काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्ला दुई दिन स्थिर रहेको सुनको मूल्यमा आज पनि कुनै परिवर्तन नभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्ला दुई दिन पनि सुनको मूल्य सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
सुनको मूल्य स्थिर रहेको दिन चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८१० रुपैयाँमा करोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्