Skip to content

सुनको मूल्य ५ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा अघिल्ला दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा स्थिर रही १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime