Skip to content

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेष्टुरेन्ट तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाई दिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘सुरुमा नाबालिकालाई वेटरको काममा लगाई दिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकले ललाईफकाई तथा धाँकधम्की दिई वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।

पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौँ ल्याएर विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ । उनीहरुले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा पठाओ प्रयोग गरी पठाई वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए ।

पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi