काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पेट्रोलियम पदार्थ ढुावनी टैंकरको भाडा समयसापक्ष रुपमा समायोजन गर्नका लागि आग्रह गरेको छ । महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई माग पर्दै पेश गर्दै टैंकरहरुको ढुवानी भाडा समय सापेक्ष गर्नू पर्ने, संचालन खर्च घट बढ हुँदा पूर्व निर्णय अनुसार सोही अनुपातमा समायोजन हुनुपर्ने लगायतका ९ बुंदे माग प्रस्तुत गरेको हो ।
यी मागहरु माग ३० गतेसम्म पुरा गर्न पनि महासंघले आग्रह गरेको छ । यी मागहरु उक्त समयमा पुरा नभएको खण्डमा आयल निगमको केन्द्रीय कार्यालय घेराउ लगायतका पथ आन्दोलनका कार्यक्रम घोषणा गरिने महासंघले जनाएको छ । महासंघको पुस २१ गते सम्पन्न केन्द्रिय कार्य समितिको बैंठकले नै उक्त माग राख्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्