Skip to content

‘औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरी’

nabil bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरूरी रहेको बताएका छन् ।

मन्त्रालयद्वारा आयोजित ‘उद्योग ४.०’ विषयक सरोकारवालाहरूसँगको अन्तरक्रियामा आज उनले उद्योग ४.० लागू गरी कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली वस्तुहरूलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउनु आवश्यक भएको बताए ।

‘आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनाका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ’, उनले भने, ‘नेपाल कम विकसित मुलुकबाट विकसिततर्फ उन्मुख भइरहेको परिप्रेक्ष्यमा औद्योगिक क्षेत्रको तीव्र विकास जरुरी छ, त्यसका लागि औद्योगिक विकासमा आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य छ ।’

आधुनिक प्रविधिको प्रयोगबाट हुने उत्पादन र उत्पादकत्व वृद्धिले नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहज हुने मन्त्री भण्डारीको भनाइ थियो ।

औद्योगिक क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ड्रोन तथा रोवोटिक्स उद्योगलगायत उपलव्धिलाई ‘ उद्योग ४.०’ भन्ने गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi