Skip to content

प्राकृतिक जोखिमबाट बच्न आवश्यक : अर्थमन्त्री पौडेल

nabil bank

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक जोखिमबाट बच्न आवश्यक रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को उद्घाटन गर्दै उनले जोखिमबाट बच्न आवश्यक रहेको बताएका हुन् । पौडेलले पूँजी निर्माणमा पनि बीमा क्षेत्रको योगदान रहने बताएका छन् ।

उनले सरकारले लिएका नीतिका कारण बीमाको दायरा बढ्दै गएको औँल्याए छन् । उनले जोखिम न्युनिकरणमा बीमाले सहयोग गर्ने भन्दै सहुलियतपूर्ण कर्जाको बिस्तार बीमा क्षेत्रमा गर्न ध्यान दिइरहेको बताए । अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको नियमन प्रभावकारी बनाउन सरकारले प्राथमिकतामा राखेको समेत उल्लेख गरे । उनले इन्स्योरेन्स डिस्कोर्श फलदायी बन्नेमा आफू ढुक्क रहेको समेत बताए ।

उक्त कार्यक्रममा नियामकीय निकाय, नेपाल बीमा प्राधिकरण बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरूको उपस्थिति रहेको छ । पौडेलले उद्घाटन गरेको इन्स्योरेन्स डिस्कोर्शमा विभिन्न सत्रहरूमा छलफल हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime