Skip to content

अब कुवेतमा अवैध बसेका नेपाली बिना जरिवाना नेपाल फर्कन पाउने

nabil bank

 

काठमाडौं । कुवेत सरकारले भिसा नियम उल्लंघन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीहरूका लागि आममाफी कार्यक्रम सुरु गरेको छ।

कुवेत नेपालको आकर्षक श्रम गन्तव्य हो। यहाँ १ लाख ७ हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

अवैध रूपमा बसेका आप्रवासी श्रमिकहरूका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो।

भिसा नियम उल्लंघन गरेका विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रुपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ।

 

यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहे बिना जरिवना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुन कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउने गरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ।

गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांक अनुसार ६२ हजार ७०८ पुरुष र ४४ हजार ७ सय ८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्।

नेपालीहरू पनि भिसा नियम उल्लंघन गरी बसेको भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime