काठमाडौं । सर्वाेत्तम सिमेन्टको साधारसभा आज आयोजना हुँदै छ । कम्पनीले लभांश प्रस्ताव सहितका एजेण्डा पारित गर्नका लागि आज साधारणसभा गर्न लागेको हो ।
यो कम्पनीले चुक्ता पुँजीको आधारमा ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । आजको सभाले उक्त लाभांश पारित गर्ने छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ पुस ११ गतेसम्म कायम सेयरधनी मात्रै यो कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्