Skip to content

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आज, नेपालको एजेन्डा व्यापार तथा पारवहन सन्धि संशोधन

nabil
global ime

काठमाडौं । नेपाल र भारतबीच वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठक शुक्रबार सुरु हुने भएको छ । दुई देशका वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालले व्यापार तथा पारवहन सन्धिमा संशोधनका लागि भारतीय पक्षसँग आग्रह गर्ने बताइएको छ ।

नेपालले व्यापार सन्धिमा भारतलाई कृषि वस्तुमा दिइरहेको भन्साररहित प्रवेशको सुविधामा समीक्षा र नेपाली वस्तुको निर्यातमा लागिरहेको परिमाणात्मक बन्देज फुकुवा गराउन चाहेको छ । त्यस्तै पारस्परिक रूपमा भारतीय कृषि उत्पादनलाई विनाभन्सार नेपाली बजारमा प्रवेश दिँदा सस्ता भारतीय वस्तु आयात भई नेपाली कृषि उत्पादनले बजार नपाएकाले यसमा पुनर्विचार हुनुपर्ने प्रस्ताव नेपालले राख्न खोजेको हो ।

नेपालले कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन भारतीय कृषि उत्पादलाई भन्साररहित सुविधामा पुनर्विचार गर्न खोजिरहेको छ । गत आर्थिक वर्ष (आव) २०८०÷८१ मा करिब २ खर्ब रुपैयाँ बराबरको कृषि वस्तु नेपालले भारतबाट आयात गरेको व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

नेपालले ५ वा ९ प्रतिशत कृषि सुधार शुल्क भारतीय कृषि वस्तुमा लगाउँदै आएको छ तर त्यतिले सस्तो भारतीय कृषि वस्तुसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको स्थिति छ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले हालै सरकारलाई सुझावको सूची हस्तान्तरण गर्दै चामल, गहुँ, फलफूल, तरकारी, काठ, रेजिन, माछा तथा धातु भारतबाट आयात गर्दा नेपालले दिइरहेको पारस्परिक भन्साररहित सुविधा हटाउन आग्रह गरेको थियो । यो व्यवस्था हटाए नेपाली कृषि वस्तुलाई प्रतिस्पर्धी बन्ने वातावरण सृजना हुने निक्कीको भनाइ छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T