काठमाडौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौबार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा आज सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबरको बोनश सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने रु १३ करोड ९५ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेकोछ ।
प्रतिक्रिया दिनुहोस्