Skip to content

विराट एक्स्पो २०२५ मा उद्योगका समस्या समाधान गर्न बिजनेस क्लिनिक

nabil
global ime

विराटनगर । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौं संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा बिजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ ।

एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरुका उद्योग विशेष समस्याहरु दर्ता गर्ने र दर्ता गरिएका समस्याहरुलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा ‘बिजनेस क्लिनिकमा’ विषयमा सरोकारवाला र सम्बन्धित अन्य निकायहरुको समेत उपस्थितिमा गहन छलफल र अन्तरिक्रया गरेर समस्या समाधानको प्रयत्न गर्ने संगठनको योजना छ ।

संगठनले यो क्लिनिक विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । त्यस अवधिमा सुनसरी मोरङ औधोगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धित उद्योगका १२२ वटा मुद्दा पहिचान गरेर समाधानका लागि आवश्यक पहल गरेको थियो ।

त्यही फिजिकल अवस्थालाई संगठनले एक्स्पोमार्फत भर्चुल प्लेटफर्ममा विकास गर्दै छ । यो प्लेटफर्म विकास भएपछि उद्योगीहरुले आफनो समस्या उद्योगमै बसेर दर्ता गरेर संगठनको डिजिटल प्लेटफर्ममार्फत समधान खोज्न सक्ने अवस्थाको सिर्जना हुने छ ।

संगठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्यसमिति सदस्य पारस लुनियाको नेतृत्वमा वेग्लै समित तयार गरेको छ । संगठनले सञ्चालन गर्दै आएको यही विजनेश क्लिनिकको उपलब्धि र अवधारणालाई आधार मानेर चेम्बरहरुले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै कन्फीडिरेसन अफ एसिया प्यासेफिक चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्ट्रिले उद्योग संगठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्बर अवार्ड प्रदान गरेको थियो ।

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima