Skip to content

परिसंघले गर्‍यो अध्यादेशमार्फत संशोधन गरिएका कानुनको स्वागत

nabil
global ime

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले अध्यादेशमार्फत संशोधन गरेका कानुनको स्वागत गरेको छ । परिसंघले आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न अध्यादेश ल्याइएको देखिएको बताएको छ ।

सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत ११, सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत १२ सहित कुल २४ कानुनमा गरिएको संशोधनले मुलुकमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्ने परिसंघको बुझाइ छ ।

परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी विस्तृत अध्ययनसहितको सुझाव सरकारलाई बुझाएको थियो । समृद्ध अर्थतन्त्र निर्माणका लागि कानुनमा सुधार अपरिहार्य रहेको अवस्थामा सरकारले केही कानुनहरूमा गरेको सुधारका लागि परिसंघले सरकारलाई धन्यवाद पनि दिएको छ। अब संशोधित कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने परिसंघको भनाइ छ ।

परिसंघले सुधारका लागि माग गर्दै आएको अर्थसँग सम्बन्धित, भूमिसँग सम्बन्धित तथा सार्वजनिक खरिदलगायत कानुनहरूमा पनि सुधार गर्न आग्रह गरेको छ ।बजारको समग्र मागमा आएको उच्च संकुचनले लगानी बढ्न नसकिरहेको अवस्थामा कानुनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्मक सन्देश जाने परिसंघको विश्वास छ ।

यद्यपि, गएको वैशाखमा सम्पन्न लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही कानुनमा संशोधन गरिए पनि आवश्यक नियमावली तथा कार्यविधि नबनाइँदा सुधार गरिएका कानुनबाट अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको परिसंघको बुझाइ छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima