Skip to content

पुस महिनामा घरजग्गा कारोबार ९.४५ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस महिनामा घरजग्गा कारोबार ९.४५ प्रतिशतले बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले यस्तो देखाएको हो।

पुसमा देशभर ४७ हजार ४ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ। यो अघिल्लो महिनाको तुलनामा ९.४५ प्रतिशतले बढी हो। मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।

घरजग्गा कारोबार बढेसँगै राजस्व पनि बढेको छ। पुसमा सरकारलाई ४ अर्ब ६३ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। मंसिरमा भन्दा पुस महिनामा राजस्व १ अर्ब बढीले बढेको छ ।

गत पुसको तुलनामा यो वर्ष ४४ प्रतिशतले राजस्व बढेको छ। गत वर्ष पुसमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब २० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो।

अघिल्लो वर्षको पुसको तुलनामा यो वर्षको पुसमा घरजग्गा कारोबार ४.८६ प्रतिशतले बढेको छ। गत पुसमा देशभर ४५ हजार दुई सय ७५ संख्यामा घरजग्गा किनबेच भएको थियो।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको रूचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउँछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime