Skip to content

मेक्सिकोमा बढ्दो चिनियाँ लगानी, ट्रम्पको नीतिले थपिँदै चुनौती

nabil bank
एजेन्सी । मेक्सिकोको उत्तर क्षेत्रमा रहेको मोन्टेरी सहर हालका वर्षहरूमा औद्योगिक चाइनाटाउनका रूपमा परिचित हुँदै गएको छ । चीनको बढ्दो लगानीले यहाँका ग्रामीण क्षेत्रलाई औद्योगिक पार्कमा रूपान्तरण गर्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई ठोस टेवा दिइरहेको छ । तर, अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा व्यापार कर वृद्धि गर्ने धम्कीले यो विस्तारलाई गम्भीर चुनौती थप्न सक्छ ।
मेक्सिकोको होफुसान औद्योगिक पार्कमा ४० भन्दा बढी चिनियाँ कम्पनीहरूले विद्युतीय उपकरण, फर्निचर, र कार पाट्र्स उत्पादन गर्दै आएका छन् । यी उत्पादनहरू प्रायः अमेरिका निर्यात हुने भएकाले मेक्सिको अमेरिका र चीनबीचको व्यापारिक पुलको रूपमा स्थापित हुँदैछ ।
मेक्सिकोमा चिनियाँ लगानी सन् २०१३ मा मात्र ५.५ मिलियन अमेरिकी डलर रहेकोमा २०२२ सम्म आइपुग्दा ५७० मिलियन डलर पुगेको छ । सन् २०२४ को पहिलो छ महिनामा मात्र यो लगानी २३५ मिलियन डलर पुगेको छ ।
चिनियाँ कम्पनीहरूले अमेरिकी बजारमा ट्यारिफ छुटको फाइदा लिन मेक्सिकोलाई उत्पादन केन्द्र बनाएका छन् । यो रणनीति विशेष गरी सन् २०१८ मा ट्रम्पले चीनबाट आउने सामानमा भारी ट्यारिफ लगाएपछि तीव्र रूपमा विकसित भएको हो ।
होफुसान पार्कका सह–निर्माता सेजर सान्टोस भन्छन्, “चीनमा उत्पादन गरेर अमेरिका पठाउनु महँगो भएकाले कम्पनीहरूले यहाँ आउन सुरु गरे । टेक्सासबाट मात्र १६० माइल टाढा भएकाले यहाँबाट अमेरिका २४ देखि ४४ घण्टामा सामान पु¥याउन सकिन्छ ।”
राष्ट्रपति ट्रम्पले मेक्सिकन उत्पादनमा २५ प्रतिशत व्यापार कर लगाउने योजना अघि सारेका छन् । यसले मेक्सिकोमा आधारित चिनियाँ कम्पनीहरूलाई झन् चुनौतीपूर्ण स्थितिमा पु¥याउन सक्छ । कुका होम नर्थ अमेरिकाका अध्यक्ष म्याट ह्यारिसन भन्छन्, “२५ प्रतिशत ट्यारिफले हाम्रो व्यवसाय बन्द गर्न बाध्य पार्छ । यसको मूल्य अन्ततः अमेरिकी उपभोक्ताले बढेको मूल्यका रूपमा तिर्नु पर्नेछ ।”
यसैले, केही कम्पनीहरूले अब भियतनामजस्ता वैकल्पिक स्थानतर्फ ध्यान दिन थालेका छन् ।
चिनियाँ र मेक्सिकन श्रमिक तथा व्यवस्थापकहरूको बीचमा सांस्कृतिक आदानप्रदानले औद्योगिक वातावरणलाई सहज बनाएको छ । कुका होमका सुपरभाइजर क्रिस्चियन कोर्डेरोले भने, “गुणस्तरमा ध्यान दिनु हाम्रो मुख्य प्राथमिकता हो । उत्पादनको ९०–९५ प्रतिशत भाग निर्यात हुने भएकाले गुणस्तर मापनमा सम्झौता हुन सक्दैन ।”
चिनियाँ कर्मचारीहरूले मेक्सिकन भाषा, संस्कृति, र खानाको स्वादसँग घुलमिल गर्दै कार्यस्थलमा राम्रो तालमेल बनाएका छन् ।
हाल मेक्सिकोले अमेरिका र चीन दुवैसँग सन्तुलित व्यापार सम्बन्ध बनाउँदै आएको छ । तर, नयाँ ट्यारिफ नीतिले मेक्सिकोको भविष्य रणनीतिलाई प्रभावित पार्न सक्छ ।
टेक्रोलोजिको डे मोन्टेरीका अन्तर्राष्ट्रिय व्यापार विज्ञ होरासियो कार्रेओनले भने, “मेक्सिको अब रणनीतिक दोबाटोमा छ । के यसले आफ्नो पुरानो साझेदार अमेरिकासँग सम्बन्धलाई प्राथमिकता दिन्छ, वा नयाँ सम्भावना खोज्न चीनजस्ता देशहरूसँग अघि बढ्छ ?”
होफुसान पार्कका संस्थापक सान्टोस भने भविष्यप्रति सकारात्मक देखिन्छन् । “यदि अमेरिकी बजार चुनौतीपूर्ण बने पनि, हामी ल्याटिन अमेरिकालगायत अन्य बजारतर्फ ध्यान दिन तयार छौं,” उनले भने ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime