Skip to content
Prabhu

नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधि ल्याउन महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधी ल्याउन सरकारसँग आग्रह गरेका छन् । सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उनले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका हुन् ।

‘उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको लागि सरकारसङ पैरवी गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो प्रयाप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ,’ उनले भने । अध्यक्ष ढकालले अध्यादेशको भावना अनुसार छिटोभन्दा छिटो नियमावली वा कार्यविधी ल्याउन समेत आग्रह गरे । यो वा त्यो कारण यसको कार्यान्वयनमा जटिलता आउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।

प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा बोल्दै उनले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखे । यस्तै उनले प्लाष्टिकजन्य वस्तुको पुनः प्रयोगमा समेत जोड दिए । प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री, र रिसाइक्लिङ प्रक्रिया गरि हजारौं व्यक्तिहरूलाई रोजगारको अवसर प्रदान गरेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नु पर्ने कुराहरु छ्न । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशीने मुद्रा खर्चिनु पर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके यसको लागि विदेशीने मुद्रा जोगाउन सकिन्छ,’ उनले भने ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि सकारात्मक रहेको बताए । साथै उनले सरकारले हालै जारी अध्यादेशको भावना अनुसार नै नियमावली तथा कार्यविधि छिटोभन्दा छिटो ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal