Skip to content

भारतको नयाँ दिल्लीमा नेपाल–भारत व्यापार सम्झौताको विषयमा छलफल

nabil bank

काठमाडौं । भारतको नयाँदिल्लीमा नेपाल–भारत व्यापार सम्झौताको विषयमा छलफल भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ ? द्विपक्षीय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ ? भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको हो ।

अर्को चरणको छलफलको लागि दुवै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रणा गरिने छ । उक्त छलफलमा अटोमोवाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने छ ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भइरहेको भारत मोविलिटीअन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

सो छलफलमा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका (इइपिसी) तर्फबाट पूर्वअध्यक्ष अरुण गारोडिया, सहनिर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबुमल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime