Skip to content
Prabhu

उपमहानगरपालिकाद्वारा ६ महिनामा १९ करोड राजस्व संकलन

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ महिनामा १९ करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आवको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आव २०८०/८१ को सो अवधिको तुलनामा संकलन गरेको भन्दा ३ करोड १२ लाख बढी हो ।

global
अर्घाखाँची सिमेन्ट

सो चालु आवको ६ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार रुपैयाँ, घरबहाल करबाट दुई करोड ८१ लाख ७३ हजार रुपैयाँ, नक्सापास दस्तुरबाट दुई करोड ७६ लाख ६५ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ६२ लाख ८३ हजार रुपैयाँ, बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार रुपैयाँ, व्यवसाय करबाट एक करोड ८३ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

अघिल्लो आव २०८०/८१ को सो अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको छ महिनामा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal