काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन १०० रुपैयाँले घटेको सुन आज तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्