Skip to content

विराट एक्स्पो २०२५ को उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी ओलीले गर्ने

nabil
global ime

विराटनगर । उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा इन्भेष्टमेन्टको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । यही माघ ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपील ओलीले गर्ने भएका हुन् ।

संगठनले यस पटकको आठौं संस्करणको विराट एक्स्पो आगामी माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना गर्दैछ । कार्यक्रमको उद्घाटन माघ ११ गते २ वजेका लागि निर्धारण गरिएकोमा एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरूपमा आयोजना गर्ने तयारीका लागी केही  प्रविधिक विषय व्यवस्थापनका कारण उद्घाटन एक दिन पछि सार्नु परेको आयोजनकले जनाएको छ ।

युवा उद्यमशीलता प्रवर्धनमा फोकस यसपटकको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको छ । उद्यम तथा व्यवसायका लागि संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागी रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेश, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङ, आर्यडियालाई उद्यमशिलतामा रुपान्तरण गर्न स्टार्टअप हाकाथन, दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेसनलाई झल्काउने थिमेटिक फेशन शो, दैनिक विद्यार्थीहरुका लागि उद्यमशीलता माईन्डसेटसम्बन्धी प्रशिक्षण कार्यशाला, कफि सम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफि टेस्टिङ, दैनिक साँस्कृतिक कार्यक्रम लगायतका फरक फरक प्रकृतिका कार्यक्रममार्फत सबै वर्गलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएकाले आम सर्वसाधारण, सरोकारवाला सबैलाई एकपटक अवलोकन गरिदिनुहुन आयोजनकले अनुरोध गरेको छ ।

उद्घाटनपश्चात माघ २० गतेसम्मका निर्धारित अन्य सबै कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima