Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से करिब ४ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ४ अंक बढेर बन्द भएको छ।

मंगलबार ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.८० अंक बढेर २६१६.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक बढेको छ।

आज प्रिओपन सेसनमा ६६ स्टकको १२१ पटकको कारोबारमा ३ करोड १४ लाख ३४ हजार ९७७ रुपैयाँबराबरको ७६ हजार ४८५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal