Skip to content

महोत्सवमा निःशुल्क चिया चखाउँदै हिमालयन

nabil
global ime

मुग्लिन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गत पुस २५ गतेदेखि चितवन महोत्सव स१चालन भइरहेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको १५औँ संस्करणको महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी चार सय ३० भन्दा बढी स्टल छन् ।

ती स्टलमध्ये एउटा हिमालयन चियाको स्टल पनि छ । उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुःशल्क रूपमा घुम्न आएका आगन्तुकलाई चखाइँदै छ । चिया खानेको स्टलमा घुइँचो लाग्ने गरेको छ ।

नेपाली चियाको प्रबर्द्धन एवम् युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवनमार्फत हिमालयन चियालाई निःशुल्क स्टल उपलब्ध गराइएको हो ।

हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थोडक्स चिया र उच्च गुणस्तरको सिटिसी चिया अवलोकनकर्तालाई चखाउने गरिएको बताए । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउन महोत्सवले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उनले जानकारी दिए।

नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुनुका साथै स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भन्दै प्रबन्ध निर्देशक पदमले वार्षिक आठ करोड रुपैयाँको चिया नेपालमा आयात हुने थाहा पाएपछि यहाँ उत्पादित उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको बताए ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पु¥याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव गत पुस २५ गतेदेखि सुरु भई यही माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima